सानिमा रिलायन्स लाइफले १०.१७८% नगद लाभांश घोषणा
- Dec 16, 2025
- 71
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (SRLI) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने निर्णय गरेको हो। उक्त निर्णय मंसिर २९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकबाट पारित भएको हो।
नेपाल बीमा प्राधिकरणबाट आवश्यक स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सो दरमा नगद लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ।












No comments yet.