साहस उर्जाको बोनस र नगद लाभांश घोषणा
- Nov 11, 2025
- 117
साहस उर्जा कम्पनी लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।
त्यसैगरी, कम्पनीले गत वर्ष पारित गरेको १ बराबर १ हकप्रद शेयर जारी गर्ने निर्णय संशोधन गरी हाल घोषणा भएको बोनसपछि कायम हुने चुक्ता पूँजीका आधारमा हकप्रद जारी गर्ने निर्णय गरेको छ।











No comments yet.