सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारी
- Jun 20, 2025
- 244
सिम्रिक एयरले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ सम्बन्धी प्रस्ताव पारित गर्न आगामी असार २५ गते वार्षिक साधारणसभा बोलाएको छ।
यसअघि असार ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो। कम्पनीले साधारणसभामा आईपीओ निष्कासनको प्रस्ताव स्वीकृत गराउने र आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।
सिम्रिक एयरले प्रिमियम मूल्यमा शेयर जारी गर्ने बताएको छ, जसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा थप मूल्य (प्रिमियम) समावेश हुने गरी शेयर निष्काशन गरिनेछ। यसले कम्पनीको पूँजी विस्तारसँगै सर्वसाधारणलाई लगानीको अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।
कम्पनीले विस्तृत आईपीओ संरचना, प्रिमियम दर र निष्काशन मिति सम्बन्धी जानकारी भने साधारणसभा सम्पन्नपश्चात मात्र सार्वजनिक गर्ने जनाएको छ।












No comments yet.