
सुन–चाँदी दुवैको भाउ घट्यो, कति छ आजको मूल्य ?
- Apr 30, 2025
- 4
काठमाडौं: आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको भाउ घटेर प्रतितोला १ लाख ८८ हजार १०० रुपैयाँमा निर्धारण गरिएको छ। मंगलबार यो मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबार १ हजार ९७० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा हाल सुनको मूल्य प्रतिऔंस ३,३०७.७८ डलर र चाँदी प्रतिऔंस ३२.७९ डलरमा कारोबार भइरहेको छ।
No comments yet.