सुन र चाँदी दुबैको मूल्यमा भारी वृद्धि, ऐतिहासिक स्तरमा कारोबार
- Oct 7, 2025
- 123
असोज १९ गते, आइतबार — नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ, जसले नयाँ रेकर्ड कायम गरेको छ। दशैँपछि खुलेको बजारमा सुन प्रतितोला ७ हजार ४०० रुपैयाँले बढेर ऐतिहासिक स्तरमा पुगेको छ भने, चाँदी पनि तोलामा १२० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत असोज १२ गते यसै सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि नयाँ उच्च बिन्दुमा पुगेको छ। अहिले चाँदी प्रतितोला २ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत असोज १२ गतेको तुलनामा १२० रुपैयाँले बढी हो।











No comments yet.