
सुन र चाँदी दुवैको भाउ घट्यो, कति छ आजको मूल्य ?
- May 27, 2025
- 13
काठमाडौं : मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर प्रति तोला १ लाख ९० हजार ९०० रुपैयाँमा निर्धारण गरिएको छ। यसअघि सोमबार सो सुनको मूल्य १ लाख ९१ हजार १०० रुपैयाँ थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ९९५ रुपैयाँमा कायम भएको छ, जुन सोमबारको तुलनामा १० रुपैयाँले कम हो।
No comments yet.