
सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो
- Jun 2, 2025
- 16
काठमाडौं : सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन, आइतबार छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेको छ। आज चाँदीको भाउ प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ, जुन आइतबार १ हजार ९८५ रुपैयाँ थियो।
No comments yet.