स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० गतेदेखि सर्वसाधारणका लागि खुला
- Aug 6, 2025
- 140
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गरिएको प्रारम्भिक निष्काशनपश्चात अब सार्वजनिक निष्काशनको दोस्रो चरण सुरु हुन लागेको हो।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो, जसको कुल रकम १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ बराबर हुन्छ। आवेदन दिने अन्तिम म्याद छिटोमा भदौ ३ गते र ढिलोमा भदौ १३ गते तोकिएको छ।
न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी बी एटदरेट’ रेटिङ्ग प्रदान गरेको छ, जसले उच्च वित्तीय जोखिमको संकेत गर्दछ।
आवेदकहरूले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।












No comments yet.