स्वाभिमान लघुवित्तको सेयरधनीलाई बोनस : कहिले बस्दैछ एजीएम ?
- Apr 25, 2025
- 145
काठमाडौं: स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारण सभा वैशाख १९ गते बोलाउने निर्णय गरेको छ। सभामा कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, बोनसमा लाग्ने कर तिर्नका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ।
यसका अतिरिक्त, संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा समेत सभामा पेश गरिनेछ।
सभा प्रयोजनका लागि कम्पनीले वैशाख ११ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, वैशाख १० गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। सभा स्वाभिमानको केन्द्रीय कार्यालय, तिलोत्तमा–५, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ।














No comments yet.