Sarbaguna

हिम स्टार उर्जाको आईपीओ असार २४ गतेदेखि सर्वसाधारणका लागि खुला

हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई पहिले नै शेयर बाँडफाँट गरिसकेको हो।

कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने स्वीकृति पाएको थियो। यसमध्ये आयोजना प्रभावित क्षेत्रका लागि १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ९३ हजार २५० कित्ता शेयर बाँडफाँट गरिसकिएको छ।

अब सर्वसाधारणका लागि ७ लाख ७३ हजार ९७५ कित्ता शेयर खुला गरिँदैछ। यसअघि १८ हजार ६५० कित्ता कर्मचारी र ४६ हजार ६२५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको हो।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गतेसम्म दिन सकिनेछ।

आईपीओको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्दछ।

कम्पनीले सञ्चालित ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २३ करोड रुपैयाँभन्दा बढी छ। आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ७७ लाख रुपैयाँभन्दा बढी रहेको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।

Share Training in Nepal

Tags

Leave a Comments

Comments

    No comments yet.