एनएमबि हाइब्रिड फन्ड एल–२ को इकाई खरिद आवेदनको आज अन्तिम मौका
- Feb 20, 2025
- 264
एनएमबि क्यापिटलले माघ २४ गतेदेखि खुला गरेको ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ मा आवेदन दिने अन्तिम दिन आज (फागुन ८) रहेको छ। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
कुल १२ करोड इकाई निष्कासन गरिएको यस म्युचुअल फन्ड योजनामा, १ करोड ६८ लाख इकाई प्रवर्धक एनएमबि बैंक र १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटल ले खरिद गर्नेछन्। बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि उपलब्ध छ।
न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले सी–आस्वा प्रणालीबाट बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
एनएमबि क्यापिटलद्वारा व्यवस्थापित यो बन्दमुखी म्युचुअल फन्ड योजना १० वर्ष अवधिको हुनेछ।















No comments yet.