गरिमा विकास बैंकको नाफा वृद्धि, खराब कर्जा समेत बढ्यो
- Apr 21, 2025
- 170
गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१–०८२ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।विवरणअनुसार, गत वर्षको चैत मसान्तको तुलनामा बैंकको खराब कर्जा १.८१ प्रतिशतले वृद्धि भई ४.७८ प्रतिशतमा पुगेको छ।
खराब कर्जा बढेपनि बैंकको खुद नाफा ७.३२ प्रतिशतले वृद्धि भई ७३ करोड ३४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी ६.०४ प्रतिशतले वृद्धि भई २ अर्ब ६६ करोड ९७ लाख ८० हजार रुपैयाँ पुगेको छ।
समीक्षावधिमा बैंकको सञ्चालन नाफा ७.५२ प्रतिशतले बढ्दै ३ अर्ब १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।
चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसाले वृद्धि भई १७ रुपैयाँ २२ पैसा पुगेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४७ पैसा कायम भएको छ।












No comments yet.