गरिमा विकास बैंकको शेयरमूल्य समायोजन
- Nov 4, 2025
- 158
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गरिमा विकास बैंक लिमिटेड (GBBL) को शेयरमूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै बैंकको ६ प्रतिशत बोनस शेयर समायोजन गरिएको हो।
समायोजनपछि बैंकको शेयरमूल्य रु ३९३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन सोमबार शेयर प्रतिकित्ता रु ४१७ मा अन्तिम कारोबार भएकोमा सोही मूल्यका आधारमा समायोजन गरिएको हो। यही मूल्यलाई आधार मानेर आजको बजारमा बैंकको शेयर कारोबार खुल्नेछ।
गरिमा विकास बैंकले कात्तिक २७ गते (बिहीबार) बिहान ११ बजे होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा उन्नाइसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित अन्य नीतिगत प्रस्तावहरू पारित गर्नेछ।
त्यसअन्तर्गत बैंकको रजिष्टर्ड कार्यालय स्थानान्तरण, छाप तथा लोगो परिवर्तन, मर्जर वा एक्विजिशनसम्बन्धी अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू समेत सभामा प्रस्तुत गरिने छन्।













No comments yet.