Sarbaguna

बुङ्गल हाइड्रोको आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ आवेदन आज अन्तिम दिन

बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि असार २९ गतेदेखि बिक्री खुला गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज (साउन २६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

यसअन्तर्गत ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। कुल छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र र ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्रका बासिन्दामा बाँडफाँट गरिनेछ। न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

केयर रेटिङ नेपालले कम्पनीलाई CARE-NP B Issuer Rating प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्दछ। कम्पनीको १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजना कुल ३ अर्ब २ करोड रुपैयाँ लागतमा निर्माण भएको हो। आयोजनाको विद्युत अनुमतिपत्र अवधि २६ वर्ष १० महिना बाँकी छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ भने आवेदन नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक लगायतका तोकिएका स्थानबाट दिन सकिन्छ।

Share Training in Lalitpur

Tags

Leave a Comments

Comments

    No comments yet.