बरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आज
- Aug 19, 2025
- 250
बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले असार ३१ गतेदेखि निष्काशनमा ल्याएको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अन्तिम मिति आज (भदौ ३ गते) रहेको छ।
कम्पनीले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर अर्थात ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबर निष्काशन गरेको हो।
हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार जेठ २१ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले उक्त बैंकका विभिन्न शाखा तथा सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि-आस्बा प्रणालीमार्फत वा मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी बढेर १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।












No comments yet.