Sarbaguna

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला : वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर

सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आज (बैशाख २१ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा बैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ४ गतेसम्म लम्बिनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। योग्य आवेदकहरूले सि–आस्बा प्रणालीमार्फत, स्वीकृत बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

Tags

Leave a Comments

Comments

    No comments yet.