सिंगटी हाइड्रो नोक्सानीबाट नाफामा
- Aug 4, 2025
- 207
सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले अघिल्लो वर्ष नोक्सानी बेहोरेको भए पनि आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष सोही अवधिमा कम्पनी ६ करोड ९२ लाख रुपैयाँ घाटामा थियो।
विद्युत बिक्री आम्दानी ७२७.९१% ले बढेर ६७ करोड ७१ लाख रुपैयाँ पुग्दा कम्पनी नोक्सानीबाट नाफामा पुगेको हो। सञ्चालन आम्दानीमा ७६०.६५% र अन्य आम्दानीमा ९२०.४६% वृद्धि भएको छ। यद्यपि, कुल खर्च पनि २५६.७८% ले बढेको देखिन्छ।
असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ५ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) ५५.७५ गुणा रहेको छ।











No comments yet.