एनआईसी एशिया बैंकको पहिलो त्रैमासमा नाफा वृद्धि, तर वितरणयोग्य मुनाफा ऋणात्मक
- Nov 7, 2025
- 290
एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक देखिएको छ।
यद्यपि, बैंकको खुद नाफा १०.५३ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १२ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
खुद ब्याज आम्दानी सामान्य रूपमा घटेपनि सञ्चालन मुनाफा बढेको कारण बैंकको नाफा वृद्धि भएको हो।












No comments yet.