अपर हेवाखोला हाइड्रोपावरले बैंक ऋण भुक्तानी गर्न हकप्रद सेयर जारी गर्ने
- Feb 20, 2025
- 325
अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ। फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
कम्पनीले बैंक ऋण भुक्तानीका लागि हकप्रद सेयर जारी गर्न लागेको हो। प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि प्रक्रिया अघि बढ्नेछ। हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ, जसले हकप्रदपछि १ अर्ब रुपैयाँ पुग्नेछ।












No comments yet.