आइएमई लाइफको नाफामा वृद्धि, बीमाशुल्क आम्दानीमा सुधार
- Nov 11, 2025
- 405
आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड (ILI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्थिर प्रदर्शन गर्दै नाफा वृद्धि गरेको छ। अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले सो अवधिसम्ममा १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको १४ करोड ५० लाख रुपैयाँभन्दा ९.१७ प्रतिशत बढी हो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ३१.९६ प्रतिशत र कुल आम्दानी २५.३३ प्रतिशतले बढेको छ। त्यस्तै, कुल दाबी भुक्तानी २८.६१ प्रतिशत र कुल खर्च २६.९६ प्रतिशतले बढेको छ।
नाफा र आम्दानी दुबैमा सुधार देखिए पनि दाबी भुक्तानी र खर्चको उच्च वृद्धि कम्पनीको लाभांशीय स्थायित्वका लागि प्रमुख चुनौती बनेको देखिन्छ।













No comments yet.