आरभीभी सेक्युरिटिजको चौथो वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न
- Oct 10, 2025
- 305
आर भी भी सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ९७) ले आफ्नो चौथो वार्षिकोत्सव विशेष उत्साहका साथ सम्पन्न गरेको छ। कम्पनी मिति २०७९ असोज २४ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी नेप्से सदस्यता लिएर सिमित धितोपत्र दलाल सेवा प्रारम्भ गरेको हो।

उत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत श्री बेनी शाह श्रेष्ठले भने, “हाम्रो सफल यात्राको आधार लगानीकर्ताको विश्वास र हाम्रो टिमको समर्पण हो। आगामी वर्षहरूमा हामी अझ प्रभावकारी, पारदर्शी र प्रविधिमा आधारित सेवा विस्तारमा केन्द्रित रहनेछौं।”
कार्यक्रममा उत्कृष्ट कर्मचारी र पूर्व सञ्चालकहरूलाई सम्मान गर्दै कम्पनीले भविष्यमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।












No comments yet.