एनएमबि बैंकको नाफा वृद्धि, ईपिएस १७ रुपैयाँ ९० पैसामा
- Aug 12, 2025
- 207
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको २ अर्ब २४ करोड रुपैयाँभन्दा ४६.२२ प्रतिशत बढी हो।
खुद ब्याज आम्दानी ११.१४ प्रतिशत र फि तथा कमिशन आम्दानी २१.६२ प्रतिशतले बढेको छ। इम्पेरमेन्ट चार्ज २ अर्ब ३ करोड रुपैयाँबाट घटेर ९५ करोड ८० लाख रुपैयाँमा सीमित भएपछि सञ्चालन मुनाफा ६४.४६ प्रतिशतले वृद्धि भएको हो।
असार मसान्तसम्म बैंकको चुक्ता पूँजी १८ अर्ब ३३ करोड रुपैयाँ, जगेडा कोष १४ अर्ब ३१ करोड रुपैयाँ, निक्षेप संकलन २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ र कर्जा लगानी २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ र वितरणयोग्य ईपिएस १० रुपैयाँ ४१ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) ५ रुपैयाँ ६६ पैसा बढेर १७ रुपैयाँ ९० पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) १५.१० गुणा रहेको छ।













No comments yet.