पिपुल्स पावर लिमिटेडको हकप्रद शेयर लिलामीमा आज अन्तिम दिन
- Sep 7, 2025
- 220
पिपुल्स पावर लिमिटेड (PPL) ले भदौ १५ गतेदेखि लिलामी बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (भदौ २२ गते) अन्तिम दिन हो। कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेका ३ लाख ९१ हजार ७७९ कित्ता शेयर लिलाममा ल्याएको हो।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम संख्यामा कुनै सीमा तोकिएको छैन।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। साथै, लगानीकर्ताले प्रभु बैंकका विराटनगर, वीरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
Share Training in Kathmandu Deep Thapa, 9849290806














No comments yet.