एपोलो हाइड्रोपावर आईपीओ: आवेदन दिने आज अन्तिम दिन
- Apr 15, 2026
- 187
Apollo Hydropower Limited ले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (बैशाख २ गते) अन्तिम दिन रहेको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँट गरिसकेको कम्पनीले अहिले सर्वसाधारणका लागि शेयर खुला गरेको हो।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट भइसकेको छ भने म्युचुअल फण्ड र कर्मचारीलाई पनि छुट्याइएको हिस्सा वितरण भइसकेको छ।
हाल दोस्रो चरणमा कम्पनीले ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर (प्रति शेयर १०० रुपैयाँ) सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओको रेटिङ्ग CARE Ratings Nepal ले ‘CARE-NP BB-’ प्रदान गरेको छ, जसले मध्यम जोखिम भएको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजनाको कुल लागत करिब १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। परियोजनाको साधारण पेब्याक अवधि ७.७७ वर्ष र डिस्काउण्टेड पेब्याक अवधि १६.४३ वर्ष रहेको उल्लेख गरिएको छ।













No comments yet.