Sarbaguna

एसवाई प्यानल नेपालले सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु

एसवाई प्यानल नेपाल लिमिटेडले आज (कात्तिक १९ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।

कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यसअन्तर्गत १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीका लागि र २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि प्रतिशेयर अंकित मूल्य रु १०० का दरले ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन अवधि छिटोमा कात्तिक २३ गते र ढिलोमा मंसिर ३ गतेसम्म रहनेछ।

आईपीओको रेटिङमा इक्रा नेपालले एसवाई प्यानल नेपाललाई ‘इक्राएनपी इश्यूअर रेटिङ डबल बी (ICRANP IR BB)’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Tags

Leave a Comments

Comments

    No comments yet.