Sarbaguna

कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कालंगा हाइड्रो लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत २४ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५% अर्थात ४९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएकोमा, पहिलो चरणमा १४ लाख कित्ता शेयर स्थानीय बासिन्दाका लागि जारी गरिएको हो। यसमध्ये अति प्रभावित क्षेत्रका बासिन्दालाई ९ लाख १० हजार कित्ता र अन्य प्रभावित क्षेत्रका बासिन्दालाई ४ लाख ९० हजार कित्ता छुट्याइएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीलाई केयर रेटिङ्ग नेपाल ले “CARE-NP Double B Issuer Rating” प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रहेको छ। आयोजना २०७९ माघ २७ गतेदेखि व्यावसायिक उत्पादनमा आएको हो। साधारण लगानी फिर्ता अवधि ९.२९ वर्ष तथा डिस्काउन्टेड अवधि १८.०१ वर्ष रहेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसहित विभिन्न बैंक शाखा तथा आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्।

Tags

Leave a Comments

Comments

    No comments yet.