खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन आज
- Jul 10, 2025
- 130
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) को हकप्रद शेयर सुरक्षित गर्ने आज असार २६ गते अन्तिम दिन हो। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि भोलि असार २७ गते बुकक्लोज गर्दैछ।
यसअनुसार, आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम रहेका शेयरधनीहरूले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यस योजनाअनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर जारी गर्दैछ, जसको कुल मूल्य ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबर हुनेछ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।












No comments yet.