सर्वोत्तम सिमेन्टको नाफा वृद्धि, एक अर्ब नाफा
- Aug 18, 2025
- 200
सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा १ अर्ब रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
अघिल्लो वर्षको अन्त्यसम्ममा मात्र १४ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यसरी कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा ५७२.५२ प्रतिशतले वृद्धि भएको हो।
बिक्री आम्दानीमा उल्लेखनीय सुधारसँगै कम्पनीको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४९.८७% वृद्धि भई ९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा कुल नाफा १७३.०१% तथा अन्य आम्दानी २१८.०२% वृद्धि भएको छ। तर, कुल खर्च भने ५४.३८% ले बढेको देखिन्छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा ईपीएस १६ रुपैयाँ ९८ पैसा बढेर २० रुपैयाँ १९ पैसा पुगेको हो। सोही अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेको छ।












No comments yet.