तारागाउँ रिजेन्सी होटल्सले ५% नगद लाभांश पारित गर्न साधारण सभा डाक्यो
- Dec 16, 2025
- 102
तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (TRH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीले पुस २३ गते, बुधबार, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान ११ बजे सुरु हुनेछ।
सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश (करबाहेक) वितरण गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति लगायतका अन्य प्रस्तावहरू पनि सभामा पारित गरिने कम्पनीले जनाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गतेदेखि पुस १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन्।













No comments yet.