सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- Dec 8, 2025
- 75
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) का शेयरधनीका लागि आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेको छ। साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले भोली (मंसिर २३) देखि पुस ७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेसँगै आजसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले आगामी पुस ७ गते, सोमबार, राजधानीको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा आफ्नो २१औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १०:३० बजे सुरु हुनेछ।
सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन, मर्जर–एक्विजिशनसम्बन्धी निर्णय गर्न सञ्चालक समितिलाई अधिकार दिने, तथा आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्नेजस्ता प्रस्तावहरू पनि छलफल तथा पारित हुनेछन्।













No comments yet.