मञ्जुश्री फाइनान्सको साधारण सभा असोज ३१ गते
- Sep 26, 2025
- 267
मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा असोज ३१ गते, शुक्रबार, थापागाउँ ब्याङ्केट, नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ।
सभामा १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरु पनि प्रस्तुत गरिनेछन्।
यसका लागि कम्पनीले असोज २२ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार, असोज २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरु सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
Share Training in Kathmandu/ Deep Thapa, 9849290806










No comments yet.