
सानिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो
- Apr 20, 2025
- 4
काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानिमा बैंकले नाफामा वृद्धि गरेसँगै प्रतिसेयर आम्दानी (EPS) पनि बढाएको छ। बैंकले समीक्षाअवधिमा १ अर्ब ६५ करोड २४ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको १ अर्ब ४३ करोड रुपैयाँको तुलनामा १४.८० प्रतिशतले बढी हो। इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा सुधार देखिएको हो।
गत वर्ष १ अर्ब ५९ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर १ अर्ब ४० करोड रुपैयाँमा झरेको छ। तर, खुद ब्याज आम्दानी भने ६.५२ प्रतिशतले घटेर ४ अर्ब २८ करोड २८ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यो ४ अर्ब ५८ करोड रुपैयाँ थियो।
यता, सञ्चालन नाफा भने ९.१२ प्रतिशतले वृद्धि हुँदै २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। चैत मसान्तसम्म बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ छ।
बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ०६ पैसाले बढ्दै १६ रुपैयाँ ३३ पैसामा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ३२ पैसा रहेको छ।
No comments yet.