Sarbaguna
Post Image

अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको सटही दर कति छ ?

काठमाडौं : आज वैशाख १९ गते शुक्रबार अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा र खरिददर १३४ रुपैयाँ ८९ पैसा कायम गरिएको छ। यसअघि बिहीबार पनि डलर यस्तै दरमै कारोबार भएको थियो।

राष्ट्र बैंकले आजका लागि १ युरोको बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा र खरिददर १५२ रुपैयाँ ९३ पैसा निर्धारण गरेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ ७६ पैसा र खरिददर १७९ रुपैयाँ ९६ पैसा रहेको छ।

त्यस्तै, जापानी १० येनको बिक्रीदर ९ रुपैयाँ ३५ पैसा र खरिददर ९ रुपैयाँ ३९ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा तोकिएको छ। त्यसैगरी, क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ १० पैसा रहेको छ।

कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

Leave a Comments

Comments

    No comments yet.