Sarbaguna

राप्ती हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) ले असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (असार २४ गते) अन्तिम दिन हो। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो।

यसअन्तर्गत कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ६१ लाख २७ हजार ९३८ कित्ता शेयर निष्काशन गर्दै ६१ करोड २७ लाख रुपैयाँभन्दा बढी संकलन गर्ने लक्ष्य राखेको छ। बुकक्लोज मिति जेठ ६ गते तोकिएको हुँदा, जेठ ५ गतेसम्म नेप्सेमा शेयर कायम भएका शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीलाई “इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस” प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदन मुक्तिनाथ क्यापिटल, राप्ती हाइड्रोको कर्पोरेट कार्यालय, साथै मुक्तिनाथ विकास बैंकका विभिन्न शाखाहरुबाट दिन सकिनेछ। साथै, सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ६१ करोड २७ लाख रुपैयाँ रहेको छ भने हकप्रद बाँडफाँटपछि पूँजी दोब्बर भई १ अर्ब २२ करोड ५५ लाख रुपैयाँ पुग्नेछ।

Share Training Near Me

Tags

Leave a Comments

Comments

    No comments yet.