नबिल बैंकको ९ महिनामा ६.७६ अर्ब नाफा, ३३.९२% वृद्धि
- Apr 28, 2026
- 9
नबिल बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सशक्त नाफा वृद्धि देखाएको छ।
बैंकले पहिलो ९ महिनामा ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३३.९२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो।
खुद ब्याज आम्दानीमा सामान्य सुधार र इम्पेरमेन्ट चार्ज घट्नु नाफा वृद्धिको मुख्य कारण बनेको देखिन्छ।
📊 मुख्य वित्तीय सूचकहरू:
- EPS (प्रतिशेयर आम्दानी): ३३.०२ रुपैयाँ (अघिल्लो वर्ष: २५.०५ रुपैयाँ)
- वितरणयोग्य मुनाफा: ४ अर्ब ३७ करोड रुपैयाँ (अघिल्लो वर्ष: २ अर्ब ८७ करोड)
- चुक्ता पूँजी: ३२ अर्ब ५ करोड रुपैयाँ
- प्रति शेयर नेटवर्थ: २४३.३० रुपैयाँ
- जगेडा कोष: ३४ अर्ब ४० करोड रुपैयाँ
५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरेर पूँजी वृद्धि गरेको बैंकले लाभांश दिने क्षमता समेत मजबुत बनाएको संकेत दिएको छ।












No comments yet.