भगवति हाइड्रोपावरको साधारण सभा र लाभांश प्रस्ताव
- Sep 28, 2025
- 256
भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BGWT) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न लागेको लाभांश प्रस्तावसहित २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा कात्तिक २ गते, आइतबार, पोखराको आव्या क्लब, घारीपाटनमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा १४% बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६% नगद लाभांश, गरी कुल २०% लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, कम्पनीको जारी पूँजी वृद्धि, प्रबन्धपत्र संशोधन, सञ्चालक समितिको गठन तथा संख्या परिवर्तन, लेखापरीक्षक नियुक्ति लगायतका अन्य प्रस्ताव पनि पारित गरिनेछन्।
यस प्रयोजनका लागि कम्पनीले असोज २१ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असोज २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
Share Training in Kathmandu / Deep Thapa 9849290806










No comments yet.