शिवम् सिमेन्टको नाफा वृद्धि
- Aug 13, 2025
- 338
शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको २५ करोड ९६ लाख रुपैयाँभन्दा २०५.८५ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा बिक्री आम्दानी ०.७८ प्रतिशत मात्र बढेपनि खर्च नियन्त्रण र बिक्री खर्च घटेकाले कुल नाफा ६६.३० प्रतिशतले बढेको हो। अन्य आम्दानी ३०.७८ प्रतिशत घटेको र कुल खर्च १.६६ प्रतिशत घटेको छ।
असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४५ करोड रुपैयाँ, जगेडा कोष ४ अर्ब ८३ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी (EPS) १४ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५७ पैसा रहेको छ।
Share Training in Kathmandu














No comments yet.