झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
- Sep 5, 2025
- 132
झापा इनर्जी लिमिटेडले आज (भदौ २० गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर जारी गरेको हो। यस अन्तर्गत सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याइएको छ भने सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्काशन गरिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आईपीओ निष्काशन छिटोमा भदौ २४ गते बन्द हुनेछ भने सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा ढिलोमा असोज ३ गतेसम्म आवेदन दिन सकिनेछ।












No comments yet.