एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ असोज ७ गतेदेखि खुल्दै
- Sep 17, 2025
- 126
एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी यो आईपीओ ल्याउन लागेको हो।
यसअघि भदौ २९ गतेदेखि आईपीओ खोल्ने तयारी गरे पनि विशेष परिस्थितिका कारण निष्काशन मिति सारेर असोज ७ गते कायम गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये—
-
२ लाख ६१ हजार ६२९ कित्ता शेयर (२%) उद्योग प्रभावित चितवन जिल्ला, रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दाका लागि,
-
४ लाख ९७ हजार ९२ कित्ता शेयर (१०%) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि,
-
१ लाख ४९ हजार १२७ कित्ता शेयर आफ्ना कर्मचारीका लागि, र
-
२ लाख ४८ हजार ५४६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द हुने अन्तिम मिति भने तोकिएको छैन।
इक्रा नेपालले यस आईपीओलाई इक्राएनपी इश्यूअर रेटिङ डबल बी (ICRA NP Issuer Rating Double B) प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको देखाउँछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले एसवाई प्यानल नेपाल, रत्ननगर, चितवन कार्यालय, प्रभु क्यापिटल, कमलादी, वा अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। साथै प्रभु बैंकको सौराहा र टाँडी शाखाबाट पनि आवेदन दिन सकिन्छ। स्थानीयहरूले आवेदन फाराम प्राप्त गर्न दरखास्त शुल्क बापत २ रुपैयाँ बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।
Share Training in Kathmandu/Deep Thapa, 9849290806













No comments yet.