अर्थ मन्त्रालयद्वारा पूँजी बजार सुधारका लागि ४ सदस्यीय कार्यदल गठन
- Sep 19, 2025
- 167
अर्थ मन्त्रालयले पूँजी बजारमा सुधारका लागि ४ सदस्यीय कार्यदल गठन गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कामु कार्यकारी निर्देशक निरन्जन फुयाँल तथा अर्थ मन्त्रालयका शरद निरौला (सदस्य सचिव) रहेका छन्।
कार्यदललाई पूँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उपायसहित प्रणालीगत र प्रक्रियागत सुधारका लागि ठोस सुझाव तथा कार्यान्वयन कार्ययोजना पेस गर्ने जिम्मेवारी दिइएको छ। कार्यदलले ५ दिनभित्र कार्ययोजना बुझाउनुपर्नेछ।
Share Training in Kathmandu/ Deep Thapa, 9849290806












No comments yet.