Sarbaguna

खानी खोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज (असोज ५ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले हाल कायम १ कित्ता बराबर १ कित्ता (१:१) को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। यसका लागि कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार असार २६ गतेसम्म नेप्सेमा शेयरधनी बनेकाले मात्र सो हकप्रदमा आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी सिंगल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सिटिजन्स क्यापिटल, सिटिजन्स बैंक इन्टरनेशनल र कुमारी बैंकका तोकिएका शाखाहरूबाट, साथै आस्बा प्रणालीमार्फत तथा ‘मेरो शेयर’ अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेको छ, जुन हकप्रद निष्काशनपश्चात ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ। संकलित रकम ऋण घटाउन, वित्तीय स्थिति मजबुत बनाउन, ब्याज खर्च कम गर्न तथा इक्विटी अभिवृद्धि गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।

Share Training in Kathmandu/Deep Thapa, 9849290806

Leave a Comments

Comments

    No comments yet.