नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क १९% र नाफा १७% बढ्यो
- Aug 15, 2025
- 286
नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४७ अर्ब ६६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ४० अर्ब ११ करोड रुपैयाँभन्दा १८.८४% बढी हो। यस अवधिमा कुल आम्दानी १५.४३% बढेको छ।
बीमाशुल्क वृद्धिसँगै कम्पनीको खुद नाफा पनि १७.३७% बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी (EPS) ४२ पैसा बढेर ६ रुपैयाँ ६८ पैसा, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७५ पैसा, र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ११५.६८ गुणा रहेको छ।
Share Market Training in Kathmandu










No comments yet.