बाढीपहिरोले १७ उत्पादनमा रहेका जलविद्युत आयोजनाबाट १८० मेगावाट उत्पादन प्रभावित
- Oct 7, 2025
- 289
पछिल्लो समय देशभर परेको बाढी र पहिरोका कारण १७ वटा सञ्चालनमा रहेका जलविद्युत आयोजनाबाट १८० मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ। त्यस्तै, ३३८ मेगावाट क्षमताका १५ वटा निर्माणाधीन आयोजना समेत क्षतिग्रस्त भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (IPPAN) ले जानकारी दिएको छ।
यी मध्ये दोस्रो बजार (नेप्से) मा सूचीकृत १४ वटा जलविद्युत कम्पनीहरू पनि प्रभावित भएका छन्। सूचीकृत कम्पनीहरूमा हिमाल दोलखा हाइड्रोपावर, पञ्चमन्या माई हाइड्रोपावर, सामलिङ पावर, एशियन हाइड्रो, सान्भि इनर्जी, माईखोला हाइड्रोपावर, सगरमाथा जलविद्युत, सुपर माई हाइड्रोपावर र सानिमा माई हाइड्रोपावर रहेका छन्।
त्यसैगरी, बलेफी हाइड्रोपावर, पिपुल्स पावर, जोशी हाइड्रोपावर, पाँचथर पावर कम्पनी र ग्रिन भेन्चर्स पनि क्षतिग्रस्त भई विद्युत उत्पादन पूर्णरूपमा बन्द भएको इप्पानले जनाएको छ।
संस्थाले बाढीपहिरोले जलविद्युत संरचना, पेनस्टक पाइप, पावरहाउस र पहुँच मार्गमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै शीघ्र पुनर्निर्माणका लागि सरकारी सहजीकरणको माग गरेको छ।
Technical and Fundamental Analysis Training in Kathmandu /Deep Thapa/9849290806











No comments yet.