राधी विद्युतलाई हकप्रद निष्काशनको स्वीकृति
- Oct 26, 2025
- 119
विद्युत नियमन आयोगले राधी विद्युत कम्पनी लिमिटेड (RADHI) लाई ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ।
आयोगको स्वीकृतिपछि कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर जारी गर्नेछ।
हाल कम्पनीको चुक्ता पूँजी रु. १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँ १९ पैसा रहेको छ। हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजीमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।











No comments yet.