Post Image

खानी खोला हाइड्रोपावरको वार्षिक साधारण सभा (एजीएम) कहिले हुँदैछ?

काठमाडौं : खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ ३० गते आफ्नो वार्षिक साधारण सभा (एजीएम) बोलाएको छ। सभा धुम्रबराह भेन्यु, धुम्बाराहीमा बिहान ११ बजे सुरु हुनेछ।

यस सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा र नोक्सानको विषयमा छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि हुनेछ।

साधारण सभा प्रयोजनका लागि खानी खोला हाइड्रोपावरले माघ १३ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले, माघ १२ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।

Tags

Leave a Comments

Comments

    No comments yet.