NABIL बैंकका शेयरधनीलाई नगद लाभांश
- Dec 22, 2025
- 194
नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्न ४१ औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंकको साधारण सभा पुस २८ गते, सोमबार बिहान ११ः१५ बजे काठमाडौँको त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजना हुनेछ। सभामा नगद लाभांश वितरण प्रस्तावसँगै बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, आवश्यक परे अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विषयमा पनि छलफल हुनेछ।
यसका साथै संस्थापक शेयरधनीहरूको तर्फबाट १ जना सञ्चालकको निर्वाचन, लेखापरीक्षक नियुक्ति लगायतका नियमित एजेन्डाहरू पनि सभामा प्रस्तुत गरिनेछन्।
साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते बुकक्लोज गर्ने जनाएको छ। त्यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने नगद लाभांश प्राप्त गर्न सक्नेछन्।












No comments yet.