Sarbaguna

नवनियुक्त चार मन्त्रीले गरे शपथग्रहण

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा आज थप चार मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरुलाई शपथ दिलाए।

शपथ लिने मन्त्रीहरुमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा (उद्योग, कानुन तथा भूमि), राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन (शिक्षा, विज्ञान तथा प्रविधि), पत्रकार जगदिश खरेल (सञ्चार तथा सूचना) र विज्ञ मदन परियार (कृषि) रहेका छन्।

यससँगै प्रधानमन्त्री कार्कीको मन्त्रिमण्डल ८ सदस्यीय बनेको छ।

यसअघि स्वास्थ्य मन्त्रालयका लागि अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम सिफारिस भए पनि अन्तिम समयमा रोकिन पुगेको थियो।

Share Training in Kathmandu/Deep Thapa, 9849290806

Leave a Comments

Comments

    No comments yet.