स्वस्तिक लघुवित्तको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
- Aug 15, 2025
- 208
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन ३० गते) बाट सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणलाई शेयर बिक्री गर्न लागिएको हो।
लघुवित्तले जारी पूँजीको ४०% बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन अनुमति पाएको छ। पहिलो चरणमा १,१५५ कित्ता कर्मचारीका लागि, ११,५५० कित्ता सामूहिक लगानी कोषका लागि, र २३,१०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।
अब बाँकी १ लाख ९५ हजार १९५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणलाई बिक्री खुला गरिएको हो।













No comments yet.