Sarbaguna

सान्भि इनर्जीको आईपीओ जेठ ९ गतेदेखि सर्वसाधारणका लागि खुला

सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि २४ लाख १५ हजार ३०० कित्ता शेयरको आईपीओ निष्काशन गर्ने भएको छ। प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २४ करोड १५ लाख रुपैयाँ बराबरको शेयर निष्काशन हुनेछ।

न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन छिटोमा जेठ १३ र ढिलोमा जेठ २३ गतेसम्म दिन सकिनेछ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएको आईपीओ बाँडफाँट गरिसकेको छ।

कम्पनीले निर्माण गरिरहेको ७.६ मेगावाटको जोगमाई खोला र ५.२ मेगावाटको जोगमाई क्यासकेड जलविद्युत आयोजनामा लगानी गरेको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.