नेपाली बजारमा सुन र चाँदीको मूल्यमा तीव्र वृद्धि
- Jul 1, 2025
- 178
मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर १ लाख ९० हजार ५०० रुपैयाँ पुगेको छ। सोमबार सोही सुन १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ। आज चाँदी प्रतितोला २ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ भने सोमबारको मूल्य २ हजार १५० रुपैयाँ रहेको थियो।













No comments yet.